Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जुवा खालबाट पक्राउ परेका मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष लालचन धरौटीमा छुटे

जुवा खालबाट पक्राउ परेका मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष लालचन धरौटीमा छुटे

images

इच्छाकामना न्युज

१३, भाद्र २०८०
जुवा खालबाट पक्राउ परेका मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष लालचन धरौटीमा छुटे
images

कास्की । पोखरामा जूवा खालबाट पक्राउ परेका मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूलाई जनही २५ हजार धरौटीमा छाडेको हो । उनीहरू धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । भदौ ७ गते पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित होटेल लक्ष्मीबाट कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएका थिए । अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जना चोकका शङ्कर ज्वारचन, पोखरा महेन्द्र पुलका गुन्ज हिराचन, राम बजारका राजु गुरुङ र राम बजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०७:४१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology