Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

संविधानको भावनालाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

संविधानको भावनालाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

images

इच्छाकामना न्युज

२, आश्विन २०८०
संविधानको भावनालाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
images

संविधानको भावनलाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको बताउनुभयो । यसकालागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उहाँको भनाई छ ।

संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

मुलुकको अग्रगामी परिर्वतनकालागि जीवन उत्सर्ग गर्नेे शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ । ‘लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका संघर्षहरुमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिहरु, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका ब्यक्तिहरु प्रति उच्च सम्मान सहित स्मरण गर्दछु’ मुख्यमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । .

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि वि.सं. २०७२ असोज ३ गते आजकै दिन संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको थियो । यस संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।

वर्तमान संविधानले निरङकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।  

संविधान दिवस २०८०_page-0001.jpg

 

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - २२:३१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology