Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

images

इच्छाकामना न्युज

१२, आश्विन २०८०
७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री सुरेन्द्रराज  पाण्डे
images

गोरखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् ।

‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा उनले भने ।  

नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गत (२०७९बैशाख) को स्थानीय निर्वाचन, टिकट बितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’ यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिए । ‘हिजो भएको हाम्रा कमिकमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उनले भने ।

प्रत्यक नेता कार्यकर्तालाई आफु भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै केन्द्रिय सदस्य एवं मुख्यमन्त्री पाण्डेले भने ‘आफु मात्र असल देख्ने हाम्रो प्रवृत्ती खराब छ, हरेकले खराब प्रवृत्ती बदल्यौँ भने को खराब, को असल भनेर अलमलीनु पर्दैन ।’

वडा सभापति देखि केन्द्रिय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांगे्रसको संगठन सुदृढिकरण र बिस्तार हुने बताए ।

गाउँघरमा हुने बिकास आयोजनामा सहभागीता जनाउने, नेतृत्व गर्ने, जनतासँगको संम्बाद बाक्लो बनाएमा संगठन बिस्तार गर्न सकिने उनले बताए । गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाईसर्ने गरेको बताउँदै उनले भने ‘गाउँ शहर जता बसेका मानिस भएपनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौँ भने बढ्दो क्रममा रहेको बसाईसराईको डरलाग्दो स्थिती रोक्न सकिँदैन ।’ गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाईरहेको र त्यसमा सहभागी हुन उनले अनुरोध समेत गरे ।

प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको बताउँदै उनले यस वर्षको वार्षिक बिकास कार्यक्रममा ३० लाख भन्दा कमका सडक योजना, १० लाख भन्दा कमका सिंचाई, खानेपानीका योजनामा बजेट बिनियोजन नगरिएको बताए । ‘देखिनेगरी बिकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट बिनियोजन गरिएको छ’ उनले भने ‘भवन निर्माण जस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुट्याएका छैनौँ, हाम्रो प्राथमिकतामा यो छैन ।’ भोटका लागि स–साना टुक्रे योजना, सामुयिक भन्दापनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, गोरखा १ का सांसद राजेन्द्र बजगाई, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले प्रशिक्षणमुलक धारणा राखेका थिए ।

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - २०:३६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology