Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू प्ये ल्हु संघ चितवनद्वारा दुई जना सम्मानित, छात्रवृत्तिको लागि अक्षयकोष स्थापना

तमू प्ये ल्हु संघ चितवनद्वारा दुई जना सम्मानित, छात्रवृत्तिको लागि अक्षयकोष स्थापना

images

इच्छाकामना न्युज

१४, आश्विन २०८०
तमू प्ये ल्हु संघ चितवनद्वारा दुई जना सम्मानित, छात्रवृत्तिको लागि अक्षयकोष स्थापना
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवनद्वारा दुई जना सम्मानित भएको छ । संघले बागमती प्रदेश सभा सदस्य गीता गुृरुङ र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी मेडिकल अधिकृत डा. दीपाली गुरूङलाई सम्मान गरेको हो। संस्थाको बीसौँ साधारण सभा तथा सातौँ अधिवेशनको अवसर पारेर दुई जना चितवने चेलीलाई सम्मान गरेको हो। 

380117494_1509634713109354_5233950239919622108_n.jpg

तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरूङ, बागमती प्रदेशकी निवर्तमान सांसद रीना गुरूङ, प्ये ल्हु संघ चितवनका संस्थापक भीमबहादुर गुरूङलगायतको उपस्थितिमा सम्मानपत्र प्रदान गरिएको हो। राजनैतिक तथा स्वास्थ्य क्षेत्रमा एक पाइला भए पनि खुड्किलो उक्लिन सफल भएको भन्दै दुवै जनालाई सम्मान गरिएको संघका निवर्तमान अध्यक्ष लालप्रसाद गुरूङले बताए। 

सोही क्रममा संघका निवर्तमान अध्यक्ष गुरूङले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले एक लाख एक हजार राशिको अक्षयकोष समेत स्थापना गरिदिएका छन्। विद्यार्थीको शैक्षिक भविष्यमा टेवा पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिदिएको उनले बताए।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २०:२७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology