Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वंशु गुरुङ स्मृति प्रतिष्ठानले मनायो तनहुँमा सिन्धुलीगढी विजयोत्सव

वंशु गुरुङ स्मृति प्रतिष्ठानले मनायो तनहुँमा सिन्धुलीगढी विजयोत्सव

images

इच्छाकामना न्युज

१६, आश्विन २०८०
वंशु गुरुङ स्मृति प्रतिष्ठानले मनायो तनहुँमा सिन्धुलीगढी विजयोत्सव
images

तनहुँ । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले तनहुँको शुक्लागण्डकी नगरपालिका– १२, ढोर जसपुरमा २५६औँ सिन्धुलीगढी विजयोत्सव मनाएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले सिन्धुलीगढीमा नेपाली (गोर्खाली) फौजले अङ्ग्रेजलाई पराजित गरेको घटना नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण घटना भएको भन्दै त्यस्तो विशेष योगदान दिएका ऐतिहासिक व्यक्तित्वलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनु भयो । ऐतिहासिक व्यक्तित्व गुरुङको सन्तान रहेको जसपुरको विकासका लागि आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर बिकले नगरपालिकाको पहिलो मेयर किसान गुरुङ वंशु गुरुङकै सन्तान रहेको स्मरण गर्दै जसपुर र वंशु गुरुङ स्मृतिस्थलको विकासका लागि सक्दो पहल गर्ने बताउनुभयो । वंशु गुरुङको इतिहास खोजीका अभियन्ता अग्रज पत्रकार डण्ड गुरुङले सिन्धुलीगढी विजयोत्सवको कार्यक्रम सिकारी सरकार वंशु गुरुङ स्मृति प्रतिष्ठानले नभई नगरपालिकाले नै अपनत्व ग्रहण गरेर मनाउनु पर्ने बताउनु भयो ।

Banshu-2023-1.webp

वंशु गुरुङ सिन्धुलीगढी युद्धका एक मुख्य नायक हुन् । वि।सं। १८२४ को असोज १५ गते सिन्धुलीगढीमा कप्तान किनलकको नेतृत्वमा रहेको अङ्ग्रेज सेनालाई गोर्खाली सेनाले पराजित गरेको थियो । त्यसअघि अङ्ग्रेज फौज विश्वमा कहीँ पनि पराजित भएको थिएन ।

कार्यक्रममा वंशु गुरुङ स्मृतिग्रन्थ प्रकाशनमा विशेष योगदान दिएको भन्दै डण्ड गुरुङ र मनिराज गुरुङलाई सम्मान गरिएको थियो । प्रतिष्ठानको वेवपोर्टल पनि सार्वजनिक गरिएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
े
आजै सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीगढीमा पनि विजयोत्सवको कार्यक्रमअन्तर्गत नागरिकस्तरमा सिन्धुलीगढी सम्पदा यात्रा आयोजना गरिएको थियो ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०८:२०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology