Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर गाउँपालिकाको वडा नं १ मा पनि सुरु भयो योजनाको सम्झौता

बन्दीपुर गाउँपालिकाको वडा नं १ मा पनि सुरु भयो योजनाको सम्झौता

इच्छाकामना न्युज

२१, आश्विन २०८०
बन्दीपुर गाउँपालिकाको वडा नं १ मा पनि सुरु भयो योजनाको सम्झौता
images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिरहेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना अनुसार वडा नं। ६ पछि आइतबार गाउँपालिकाको वडा नं १  मा पनि योजना सम्झौता शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा,  उपाध्यक्ष पञ्चमायाँ गूरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल वडा मा पुगी स्थानिय उपभोक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखीकरण समेत प्रदान गरी योजनाको सम्झौता लगायत भुक्तानीको लाागी गरिने पक्रिया समेत वडाबाटै गर्न सुरु गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं। १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाले स साना योजनाहरु सम्झौता गर्न जाँदो दुख पाउने र दिन बित्ने भएकोले जनतालाई सहज होस भनेर वडा कार्यालय बाटै सेवा दिइएको बताए ।

उनले भने, ‘योजना सम्झौमा गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुख मात्रै पाउने भन्दै साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’ बाँकी रहेका वडाहरुमा पनि तत्काल योजना सम्झौता अघि बढाईने पालिकाले जनाएको छ ।

सम्झौता कार्यक्रममा योजना सञ्चालन देखी अनुगमन र भुक्तानीको प्रक्रियाका बारेका जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ । पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भूक्तानीको पक्रिया समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए।

images
images

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - २२:०८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology