Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

images

इच्छाकामना न्युज

२३, आश्विन २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता
images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको बताए ।

गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।’

जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताए । गण्डकी प्रदेशका केही जिल्लाहरु निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उनले बताए । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न संभव नभएको र भौगौलिक विकटतालेपनि पूर्वाधार निर्माण खर्चिलो भएको उनले बताए । ‘बिभिन्न देश र दातृ निकायहरुको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गती सँगसँगै लैजानुपर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहान्छौँ ।’

विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्व तयारी र त्यसपछिको पुननिर्माण सिक्न आवश्यक रहेको बताउँदै उनले भुकम्प, बाढी, पहिरो जस्ता बिपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको बताए ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताए । जापान सरकार र अन्र्तगतका दातृनिकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उनले गण्डकी प्रदेश सरकारसँगपनि सहकार्य हुने विश्वास ब्यक्त गरे । जापान सरकारलेपनि नेपालसँग दिगो संम्बन्ध राख्न चाहेको उनले बताए ।
भेटमा स्थानीय जिविकोर्पाजन, खाद्य सुरक्षा, कृषि, ग्रामिण अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगायतका विषयमापनि छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्री लगायतको उपस्थिती थियो ।

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १९:१४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology