Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँमा १ लाख ७६ हजार रुपैयाँ नक्कली नोट सहित २ जना पक्राउ

तनहुँमा १ लाख ७६ हजार रुपैयाँ नक्कली नोट सहित २ जना पक्राउ

images

इच्छाकामना न्युज

२४, आश्विन २०८०
तनहुँमा १ लाख ७६ हजार रुपैयाँ नक्कली नोट सहित २ जना पक्राउ
images

तनहुँ । तनहुँमा नक्कली नोट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बुलिङ्गटार गाउँपालिका वडा नं. १ थामबेशी ठिमुरेटोलका २० वर्षीया बिनोद रामदाम भनि चिनिने बिशाल बि.क.र बन्दिपुर गाउँपालिका वडा नं. १ वस्ने ३० वर्षीया गम बहादुर गरन्जा मगर रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।


उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँवाट खटिएको प्रहरीले सोधपुछ पश्चात निज वि.कको साथबाट नक्कली जस्तो देखिने नेपाली १ हजार को १ थान फेला परेको थियो भने अर्का व्यक्तिबाट नक्कली जस्तो देखिने नेपाली १ हजार को १ सय ७५ थान गरी जम्मा १७६ थान नोट लगायतका अन्य चिजबस्तुहरु फेला परेको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिए ।

उक्त रकम बरामद गरी संलग्न दुबै जनालाई तनहुँ जिल्ला अदालतबाट मुद्रा कसुर सम्बन्धी दर्ता गरी ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको पनि प्रहरी नायव उपरीक्षक खाँणले जनाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - २१:२९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology