Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागलुङमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८०
बागलुङमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु
images

बलेवा । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा ट्याक्सी दुर्घटना भएको हो। 

बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए। 

ट्याक्सी सडकबाट १०० मिटर तल खसेको थियो। प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो। 

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - ०९:११:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology