चितवन । गुरुङहरुको मौलिक धर्म संस्कार, संस्कृति, भाषा, भेषभुषाको संरक्षणमा निरन्तर लागिपरिरहेको संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनले जिल्लाको थप २ गाउँमा संगठन विस्तार गरेको छ । संघले शनिबार मात्रै कालिका नगरपालिकाको पदमपुरमा र रत्ननगर नगरपालिकाको पिठुवामा नयाँ गाउँ इकाई समिति गठन गरेको छ ।
संघले कालिका नगरपालिका वडा नंं. ७ स्थित पदमपुरमा निर बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय तमू प्ये ल्हु संघ पदमपुर इकाई समिति गठन गरिएको तमू प्ये ल्हु संघ चितवन जिल्लाका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । उनका अनुसार समितिको अन्य पदाधिकारीहरु मध्य उपाध्यक्षमा सुमित्रा गुरुङ, सचिवमा उत्तर कुमार गुरुङ र कोषाध्यक्षमा राममाया गुरुङ रहेका छन् भने सदस्यहरुमा पूर्ण बहादुर गुरुङ, होम बहादुर गुरुङ, डिलमान गुरुङ, मनकुमारी गुरुङ र अनुपा गुरुङ रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिका–१४ पिठुवामा भने हाललाई तमू प्ये ल्हु संघ पिठुवा इकाई समितिको अध्यक्षमा धन बहादुर गुरुङलाई चयन गरिएको छ भने बाँकी पदाधिकारी र सदस्यहरु भने पछि चयन गरिने तमू प्ये ल्हु संघ चितवनका संगठन सचिव पूर्ण बहादुर गुरुङले जानकारी दिए ।
संघको इकाई समिति गठन कार्यक्रममा संघका जिल्ला सल्लाहकार संयोजक एवं संस्थापक भिम बहादुर गुरुङ, संघका जिल्ला महिला समितिका उपाध्यक्षद्वय पूर्णीमा गुरुङ र सुकमाया गुरुङ लगायत संघका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।