Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जाडोमा हिटर कत्तिको उपयोगी ? अब सतर्कता अपनाउने कि ?

जाडोमा हिटर कत्तिको उपयोगी ? अब सतर्कता अपनाउने कि ?

इच्छाकामना न्युज

६, मंसिर २०८०
जाडोमा हिटर कत्तिको उपयोगी ? अब सतर्कता अपनाउने कि ?

काठमाण्डौँ । बिस्तारै जाडो बढ्न थालेको छ । जाडोले हामीलाई यति गाह्रो पार्छ कि यसबाट बच्न हामी विभिन्न तरिकाहरु अपनाउँछौं । जाडोको लागि भनेर अहिले बजारमा तातो लुगा र जुत्ताहरु उपलब्ध हुन थालिसकेको छ । जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ । अहिले महिला र पुरुष दुवै बाहिरी कामकाजमा व्यस्त हुन्छन् । त्यसैले पहिला जस्तो घाम तापेर जाडोबाट बच्ने समय धेरैसँग हुँदैन । त्यसैले उनीहरु जाडोलाई कम गर्नको लागि हिटर र ब्लोवरको प्रयोग गर्न बाध्य छन् । आफूले काम गर्ने ठाउँमा हिटर अथवा ब्लोवरको प्रयोग गरेर जाडोलाई भगाउने कोसिस गरिरहेका हुन्छन् ।

images

त्यसैले हिजोआज जाडोबाट बच्न अर्थात् जाडो कम गर्नको लागि हिटरको धेरै प्रयोग धेरै भएको पाइन्छ । चिसो हावाबाट बच्नका लागि हिटरको प्रयोग धेरै नै आरामदायक हुन्छ । तर, के तपाईंलाई थाहा छ, थोरै पनि असावधानी भयो भने तपाईंको यस्तो बानी अर्थात् हिटरको प्रयोग खतरनाक पनि हुन सक्छ रु आज हामी जाडो मौसममा हिटर बालेर सुत्ने बानीबाट हुने नोक्सानीको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

(जब हामी कोठामा हिटरको प्रयोग गर्छौं, हिटरको तातो हावाले कोठा भित्रको कोमलता नष्ट हुन्छ । कोठा तातो हावाले भरिन्छ र हाम्रो छाला सुख्खा भएर तन्कन थाल्छ । त्यस्तो हावाले एलर्जी हुने खतरा पनि धेरै हुन्छ ।

(यदि घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ । हिटरबाट निस्कने हावा तातो हुन्छ । जुन बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ । त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ ।

(जुन व्यक्तिलाई श्वास(प्रश्वास सम्बन्धी समस्या हुन्छ । उनीहरुका लागि पनि हिटरले दिने तातो हावा खतरनाक हुनसक्छ । हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकोले श्वास(प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले दम अथवा छाला सम्बन्धी रोग भएका व्यक्तिहरुका लागि हिटरले हानि पुर्‍याउनसक्छ ।

(हिटरले तताइएको तातो कोठाबाट जब तपाईं अचानक चिसो हावाको सम्पर्कमा आउनुहुन्छ । तपाईंको शरीरले तीब्र रुपको तापमानको परिर्वतनलाई झेल्छ । कहिलेकाहीँ शरीरले त्यस्तो अन्तरलाई सहन नसकेर विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

(लामो समयसम्म हिटरको नजिक बस्दा शरीर डढ्ने सम्भावना पनि हुन्छ । लामो समयसम्म हिटरमा बस्ने बानीका कारण विभिन्न प्रकारका छालाका समस्याहरु पनि उत्पन्न हुनसक्छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १०:०९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology