Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू प्ये ल्हु संघ चितवनको कठार इकाई समिति पुर्नगठन, अध्यक्षमा सन्त गुरुङ

तमू प्ये ल्हु संघ चितवनको कठार इकाई समिति पुर्नगठन, अध्यक्षमा सन्त गुरुङ

images

इच्छाकामना न्युज

९, मंसिर २०८०
तमू प्ये ल्हु संघ चितवनको कठार इकाई समिति पुर्नगठन, अध्यक्षमा सन्त गुरुङ
images

चितवन । तमू प्ये ल्हु संघ चितवनले शनिबार कठार इकाइ समितिको पुर्नगठन गरेको छ । पुरानो कार्यसमितिको धेरै जसो सदस्यहरुको निष्कृय भएपछि इकाई समिति पुर्नगठन गरेको हो ।

लामो समयदेखि निष्कृय रहेको इकाइ समितिलाई शनिबार नयाँ समिति गठन गरेर कृयाशील बनाएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

उनका अनुसार अध्यक्षमा सन्तबहादुर गुरूङ, उपाध्यक्षमा बेली गुरूङ, सचिवमा रीना गुरूङ, सहसचिवमा मञ्जु गुरूङ र कोषाध्यक्षमा लक्ष्मी गुरूङ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा सुनिता गुरूङ र देवी गुरूङ चयन भएका छन् ।

शनिबारको भेलाबाटै दुई जना सल्लाहकार समितिसमेत गठन गरिएको जिल्ला अध्यक्ष तमूले जानकारी दिए । उनका अनुसार सल्लाहकार समितिको संयोजकमा सीता गुरूङ र सदस्यमा राममाया गुरूङ चयन भएका छन् ।

समिति पुर्नगठन कार्यक्रममा संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष जगत बहादुर गुरुङ, जिल्ला अध्यक्ष विक्रम गुरुङ, वरिष्ठ उपाध्यक्ष इन्द्रकुमारी गुरुङ र संगठन सचिव पूर्ण गुरुङ उपस्थित रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २२:३४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology