Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पोखराबाट बस चोरेर चितवन ल्याउने तनहुँ म्याग्देका १७ वर्षिय किशोर बस सहित पक्राउ

पोखराबाट बस चोरेर चितवन ल्याउने तनहुँ म्याग्देका १७ वर्षिय किशोर बस सहित पक्राउ

images

इच्छाकामना न्युज

२४, मंसिर २०८०
पोखराबाट बस चोरेर चितवन ल्याउने तनहुँ म्याग्देका १७ वर्षिय किशोर बस सहित पक्राउ
images

चितवन । पोखरामा बस चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पोखराबाट बस चोरेर चितवन ल्याएको अवस्थामा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षिया किशोर पक्राउ परेका हुन्। किशोरलाई चितवनको आँपटारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग.१ ख. ९६३८ नम्बरको बस मंसिर २२ गते शुक्रबार हराएको थियो। पार्किङ गरेर राखेको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजतलासको क्रममा चितवनको भरतपुर लैजाँदै गरेको अवस्थामा किशोरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उनका अनुसार किशोर आफैले चलाएर बस भरतपुरको आँपटारीतर्फ ल्याउँदै थिए । प्रहरीले किशोरसहित बसलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए। चोरी आरोपमा पक्राउ परेका किशोरलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा चलाउने तयारी गरिएको उनले बताए।

यसैबिच, स्कुटर चोरी गरेको आरोपमा अर्का एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। पोखराका दुई छुट्टाछुट्टै ठाउँमा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले बागलुङ घर भई पोखरा–१६ दीप बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - २०:५६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology