Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा

तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा

images

इच्छाकामना न्युज

२९, मंसिर २०८०
तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा
images

तनहुँ। तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । मङ्सिर २० गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको सरुवा भएको र हालसम्म पनि उहाँको स्थानमा कसैलाई नियुक्त नगरिएपछि दैनिक कामकाज समस्या भएको हो ।

मुद्दा फैसला गर्ने र शैक्षिक प्रमाणपत्र सच्याउने जस्ता कार्यहरू प्रभावित भएका छन् । छोरीको शैक्षिक योग्यताको प्रमाणपत्र सच्चाउने सिफारिस लिन आउनु भएकी बन्दीपुर गाउँपालिका–१ नाहालाकी चिजा खड्का प्रमुख जिल्ला अधिकारी नहुँदा फर्कनु परेको बताउनुभयो । खड्काले भन्नुभयो, सिडिओ नै चाहिन्छ कि चाहिँदैन हामीलाई थाहा हुने कुरा भएन, सिडिओ छन् कि छैनन् थाहा भएन गाडी भाडा खर्च भयो, काम नहुँदा दुःख पाइयो ।’’

प्रजिअ नहुँदा हाल सम्पूर्ण जिम्मेवारी सहायक प्रजिअ कमलराज भण्डारीले हेर्दै आउनु भएको छ ।  आफूलाई कायमुकायम प्रजिअको जिम्मेवारी नदिएकोले काम रोकिएको भण्डारीले जानकारी दिनुभयो । भण्डारीले  भन्नुभयो, ‘सानातिना काम त मैले नै हेरेको छु तर मुद्दा मामिला सम्बन्धी काम र शैक्षिक प्रमाणपत्र सच्याउने सिफारिस मिल्दैन, त्यस्ता काम आयो भने रोक्ने गरेका छौँ ।’ स्थानीय प्रशासन ऐन २०२८ अनुसार मुद्दा फैसलाको काम प्रमुख जिल्ला अधिकारीले मात्रै गर्ने अधिकार दिएकोले निमित्त गर्न नमिल्ने भण्डारीले बताउनुभयो ।

जनशक्तिको अभाव भएको र प्रजिअ समेत नहुँदा सेवा प्रभावित भएको निमित्त प्रजिअ भण्डारीले जानकारी दिनुभयो । रिजालको सरुवा भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गएपछि तनहुँ प्रमुख जिल्ला अधिकारी विहीन बनेको हो ।

images
प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - ०९:१७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology