Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

फेसबुकमा नक्कली आइडी बनाएर ‘हनी ट्र्याप’ गर्ने ३ जना प्रहरी नियन्त्रणमा

फेसबुकमा नक्कली आइडी बनाएर ‘हनी ट्र्याप’ गर्ने ३ जना प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

१८, पौष २०८०
फेसबुकमा नक्कली आइडी बनाएर ‘हनी ट्र्याप’ गर्ने ३ जना प्रहरी नियन्त्रणमा
images

पोखरा । पोखरामा सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर हनी ट्र्याप गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्र्यापमा पारेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भेडिओहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिडिओ र स्क्रिण रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की दिखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - ०८:३७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology