Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गण्डकी गाउँपालिका सहित गोरखाका ६ पालिकालाई सम्भव नेपालद्वारा एम्बुलेन्स वितरण

गण्डकी गाउँपालिका सहित गोरखाका ६ पालिकालाई सम्भव नेपालद्वारा एम्बुलेन्स वितरण

images

इच्छाकामना न्युज

१९, पौष २०८०
गण्डकी गाउँपालिका सहित गोरखाका ६ पालिकालाई सम्भव नेपालद्वारा एम्बुलेन्स वितरण
images

गोरखा । स्वास्थ्य सेवालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहहरुलाई एम्वुलेन्स वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले गोरखाको गण्डकी गाउँपालिका सहित छ वटा पालिकालाई ‘ख’ वर्गको एक्एक थान एम्वुलेन्स वितरण गरेको हो ।

एम्वुलेन्स पाउनेमा गण्डकी सहित आरुघाट, चुमनुव्री, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका रहेका छन् । बिहीवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बन्धित पालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई एम्वुलेन्सको चावी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले आवश्यकता पहिचान गरी एम्वुलेन्स वितरणका लागी आफूले सहजिकरण गरेको बताए । एम्वुलेन्सको दुरुपयोग हुने गरेको भन्दै उनले प्राप्त एम्वुलेन्सको सहीसदुपयोग गर्न सम्बन्धित पालिकालाई आग्रह समेत गरे । ‘पालिकाहरुसँग सरसल्लाह गरेर आवश्यकताका आधारमा स्वास्थ्य चौकी तोकेर एम्वुलेन्स वितरण भएको छ,’ उनले भने, ‘पालिकाले आफैले अपनत्व लिएकाले पनि यसको सदुपयोग हुनेछ भन्ने मैले आशा गरेको छु ।’

आवश्यकताका आधारमा पालिकाको स्वास्थ्य संस्थालाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको संस्थाका अध्यक्ष प्रेम खत्रीले बताए । गण्डकीको दर्वुङ स्वास्थ्य चौकी, आरुघाटको थुमी स्वास्थ्य चौकी, चुमनुव्रीको सिर्दिवास स्वास्थ्य चौकी र सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकीलाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको उनले जानकारी दिए ।

त्यस्तै अजिरकोटको भच्चेक आधारभूत अस्पताल र बारपाक सुलिकोटको शहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको उनले बताए । ‘पालुङटार नगरपालिकालाई पनि एम्वुलेन्स वितरण गर्ने भन्ने थियो, केही प्राविधिक कारणले अहिले एम्वुलेन्स आइपुगेन, छिट्टै त्यहाँ पनि हस्तान्तरण गर्छौ,’ खत्रीले भने ।

उनका अनुसार पालिकालाई हस्तान्तरण गरिएको एम्वुलेन्स भन्सार छुटमा ल्याइएको हो । ‘भन्सार छुट नभएको भए एउटा एम्वुलेन्सको मूल्य करिव ६८ लाख पथ्र्यो, सरकारले भन्सार छुट दिएर २० लाख ६० हजार प¥यो,’ उनले भने ।

एम्वुलेन्स पाउने स्थानीय तहलाई अक्सिजन सिलिण्डर, स्ट्रेचर, मेडिकल रेप्रिजेनेटर, डेलिभरी बेड, ह्विल चियर, इलेक्ट्रिक हिटर लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरिएको बताइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री शुशिला सिंखडा, गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहेको थियो । संस्थाले यसअघि पनि गोरखाका स्थानीय तहहरुलाई ‘ग’ वर्गको ६ वटा एम्वुलेन्स वितरण गरेको थियो ।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:३७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology