Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाको अकला मन्दिर नजिकै धारिलो हतियार प्रहार गरी होटल संचालकको हत्या गरेको आरोपमा एक पक्राउ

गोरखाको अकला मन्दिर नजिकै धारिलो हतियार प्रहार गरी होटल संचालकको हत्या गरेको आरोपमा एक पक्राउ

images

इच्छाकामना न्युज

२६, पौष २०८०
गोरखाको अकला मन्दिर नजिकै धारिलो हतियार प्रहार गरी होटल संचालकको हत्या गरेको आरोपमा एक पक्राउ
images

गोरखा । धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका–८ लामाचौरका २८ बर्षीय महेश भन्ने शमसेरबाबु पन्तको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । गोनपा–१४ अकला मन्दिर नजिकै हिल कटेज नामक होटल संचालन गर्दै आएका पन्त आफैले संचालन गरेको होटलमा मृत अवस्थामा फेला परेका थिए ।

‘पुस ९ गते घटना भएको रहेछ, हामीलाई १६ गतेमात्र खवर भयो,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा परियारले हत्या गरेको खुल्न आयो ।’ घटनालगतै फरार रहेका परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा कलंकीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । ‘मंगलवार पक्राउ ग¥यौं, बुधवार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढाएका छौ,’ उनले भने ।

उनका अनुसार पुस ९ गते राती करिव नौ बजेको समयमा मादक पदार्थ र लागू औषध सेवन गर्ने क्रममा पन्त र परियार बीच विवाद भएको थियो । उनीहरु प्राय सँगै मापसे गर्ने र लागू औषध खाने गर्थे । तर त्यो दिन व्यक्तिगत रिसिभिका कारण विवाद चर्केपछि परियारले होटलको भान्सामा रहेको खुर्पा र चक्कुले पन्तको शरीरको बिभिन्न भागमा पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको एसपी श्रेष्ठले जानकारी दिए ।

‘टाउकोको पछाडि भाग, अनुहार र खुट्टामा खुर्पा र चक्कु प्रहार भएको देखिन्छ, घटनापछि परियार आफन्तहरुकोमा लुक्दै आएका थिए, हामीले पक्राउ गर्न सफल भयौँ’, उनले भने । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, खुर्पा र मृतकको मोवाइल समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०९:२८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology