Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुगुमा १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ

मुगुमा १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ

मुगुमा १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ

मुगु। मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ गरेको हो ।

images

पाँच जना पक्राउ परेपनि अन्य चार जना फरार छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका-१४ घर भई गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय वसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ । बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेको मुगुका प्रहरी नायव उपरीक्षक डिएसपी) वीरेन्द्रबहादुर थापाले जानकारी दिए ।

पीडितले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक-पटक बालिकामाथि सामूहिक बलात्कार गरेको खुलेको हो । बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी वसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, वसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

images
प्रकाशित मिति :माघ १, २०८० सोमवार - ११:१९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology