Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको बन्दीपुर गाउँपालिकाद्धारा बजार अनुगमन : अखाद्य बस्तु जफत

तनहुँको बन्दीपुर गाउँपालिकाद्धारा बजार अनुगमन : अखाद्य बस्तु जफत

तनहुँको बन्दीपुर गाउँपालिकाद्धारा बजार अनुगमन : अखाद्य बस्तु जफत
images

तनहुँ । बन्दीपुर गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायत अनुगमन गरेको छ। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको बिषयमा अनुगमन गरिएको हो । बिहिबार गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक पञ्चमायाँ गुरुङको नेतृत्वमा गाउँपालिका वडा न. १ स्थित डुम्रेबजारमा अनुगमन गरेको हो ।

ब्यवसायीहरुले अखाद्य बस्तुहरु बिक्रि गरेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको, मूल्यसूची नराखेको, नविकरण नगरको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले बताइन्। अनुगमनका क्रममा म्ठिाइ मसला जुस लगायतका केही सामग्री अखाद्य, म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताइन्। अनुगनलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने उनले बताइन्।

चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि वजार अनुगमन गरिन्छ भन्ने भ्रम चिर्न अनुगमन गरिएको बताइन् । अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ ।

सर्वसाधारणको गुनासो आएपछि वडा नम्बर १ मा रहेका विभिन्न २७ वटा मिठाइ पसल किराना पसल लगायतमा अनुगमनका गरिएको थियो । यस अघि पनि डुम्रेबजारका केही पसलहरुलाइ जरिबाना गरिएको थियो । बजार अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष पञ्चमायाँ गुरुङ वडा नं. १ र ४ का जनप्तिनिधि, राजश्व प्रमुख दिनेश पौडेल उद्योग बाणिज्य संघ डुम्रेबजार इकाइका अध्यक्ष हेमलाल भि.के. प्रहरी चौकी डुम्रेका प्रहरीको समेत उपस्थिति रहेको थियो ।

images
images

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०८:४२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology