Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आमाको माया छात्रावासमा आश्रितलाई लायन्स क्लब अफ चितवन सेन्ट्रलद्वारा खाद्यान्न वितरण

आमाको माया छात्रावासमा आश्रितलाई लायन्स क्लब अफ चितवन सेन्ट्रलद्वारा खाद्यान्न वितरण

इच्छाकामना न्युज

१९, माघ २०७७
आमाको माया छात्रावासमा आश्रितलाई लायन्स क्लब अफ चितवन सेन्ट्रलद्वारा खाद्यान्न वितरण

चितवन, १९ माघ । लायन्स क्लव अफ चितवन सेन्ट्रलद्धारा भरतपूर महानगरपालिका वडा नं १२ मा रहेको आमाको माया छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य सामाग्री तथा नगद सहयोग गरेको छ । सोमबार छात्रावासमा आयोजित एक कार्यक्रमका बीच क्लबले छात्रावासमा आश्रित १७ जना बालिकाको लागि उक्त सहयोग गरेको हो । वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष लायन सन्तोषजनक भूषालको जन्मदिनको अबसरमा उक्त कार्यक्रम गरिएको क्लबका पूर्व अध्यक्ष लायन सन्दीप कुमार श्रेष्ठले बताए । सो कार्यक्रको संयोजक समेत रहेका लायन सन्तोषजनक भूषालले आफ्नो जन्मदिनमा लायन्स क्लब मार्फत आर्थिक सहयोग गर्ने अवसर पाएकोमा संस्था प्रति खुसी व्यक्त गर्दै उनले आगामी दिनमा समेत यस संस्थालाई सहयोग गर्दै जाने प्रदिबद्धता व्यक्त गरे । सो अवसरमा बोल्दै छात्रावासकी अध्यक्ष कृष्ण कुमारी महर्जनले क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गरिन । सामाजिक संस्था तथा मनकारी व्यक्तिको सहयोगबाट छात्रावास सञ्चालन गर्न सहज हुने बताउंँदै उनले यस्ता प्रकारको सहयोगबाट आफूलाई थप उर्जा मिलेको बताईन । क्लबका प्रथम उपाध्यक्ष लायन अजामिन ढकालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा क्लबका अध्यक्ष लायन दिपक बहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यो छात्रावास वि.स.२०७२ साल देखि एकजना आश्रित बालिकाको उद्धार गरी शुरु भएको थियो । हाल आठ जिल्लाका करिब १७ जना बालिकाहरु यो संस्थामा आश्रित छन् ।

images

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २२:२६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology