पोखरा । आहारारा पोखरा गोल्डकप आजदेखि पोखरामा सुरु हुँदै छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् । २०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपको यो २३ औं संस्करण हो ।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागीता जनाउँदैछन् ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।