पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा दिउँसो साढे २ बजे थ्रीस्टार र जावलाखेल युथ क्लब आमने सामने हुने छन् ।
आजको विजेता फाइनलमा पुग्नेछ । फाइनल आगामी माघ २० गते हुदैछ । थ्रीस्टार र जावलाखेल आज तेस्रो पटक भिड्न लागेका हुन् । क्वार्टरफाइनलमा थ्रीस्टारले भुटानको पारो एफसी र जावलाखेलले मनाङमस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा आइपुगेका हुन् ।
थ्रीस्टारले आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । जावलाखेल भने अहिलेसम्म उपाधिविहीन छ ।