Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गैंडाकोटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, बस चालक पक्राउ

गैंडाकोटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, बस चालक पक्राउ

images

इच्छाकामना न्युज

१९, माघ २०८०
गैंडाकोटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, बस चालक  पक्राउ
images

नवलपुर । गैंडाकोटमा रहेको साईनिङ आवासिय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको ज्यान गएको छ ।

गैडाकोट नगरपालिका–६ स्थित माईली साईली चोकको भित्री सडक खण्डमा विद्यालयको ना १ क ३६६७ नम्बरको बसले सोही स्कुलबाट माईली साईली चोक तर्फ जाने क्रममा शोभा थापा मगरको ५ वर्षीय छोरा स्वस्थि बाचेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाईते बालकलाई उपचारको लागि भरतपुर अस्पताल पठाईएको र त्यहाँबाट रिफर गरेर पुरानो मेडिकल कलेज पठाईएको थियो । घाईते बालकको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बस र चालक चितवनको भरतपुर महानगरपालिका–३ बस्ने ४८ वर्षीय ढकबहादुर रानाभाट नियन्त्रणमा रहेका छन् ।

 

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०९:११:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology