Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू प्ये ल्हु संघ चितवनले मनायो २१ औं स्थापना दिवस, संस्थाको आफ्नै वेबसाईड सार्वजनिक

तमू प्ये ल्हु संघ चितवनले मनायो २१ औं स्थापना दिवस, संस्थाको आफ्नै वेबसाईड सार्वजनिक

images

इच्छाकामना न्युज

२५, माघ २०८०
तमू प्ये ल्हु संघ चितवनले मनायो २१ औं स्थापना दिवस, संस्थाको आफ्नै वेबसाईड सार्वजनिक
images

चितवन । गुरुङहरुको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ नेपाल चितवनमा स्थापना भएको २० वर्ष पूरा भएको छ । २०६० माघ २४ गते स्वर्गीय दान बहादुर गुरुङको अध्यक्षतामा चितवनमा स्थापना भएको संस्थाले बुधबारदेखि २० वर्ष पुरा गरेर २१ वर्षमा प्रवेष गरेको हो ।

426464028_357662627085519_4484956367430092435_n.jpg

सो अवसरमा संघले बुधबार चितवनमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ । भरतपुर–११, नौरङ्गेस्थित प्ये ल्हु संघ जिल्ला समितिको कार्यालय परिषरमा संस्थाको २१ औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थालाई डिजिटलमैत्री बनाउने अभियान अन्तर्गत संस्थाले आफ्नै वेबसाईट सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ माफर्त उक्त साइटको सार्वजनिक गरिएको हो ।

426449288_357662827085499_3484639967690991468_n.jpg

प्ये ल्हु संघ जिल्ला समितिले गरेका गतिविधि सार्वजनिक गर्ने उद्देश्यका साथ वेभसाइट निर्माण गरिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । सोही क्रममा प्ये ल्हु संघले आयोजना गरेको ल्होसार पर्वलाई सम्पन्न तुल्याउन आर्थिक सहयोग गर्ने १३८ जना दाताहरुलाई सम्मान समेत गरेको थियो ।

426586871_357663627085419_2075533296991333475_n.jpg

कार्यक्रममा संस्था स्थापनाको औचित्य, हालसम्म गरेका गतिविधि तथा भावी दिनमा गर्नुपर्ने र गर्न सकिने कामका विषयमा समेत जानकारी गराइएको थियो । प्ये ल्हु संघ चितवनले भाषा संरक्षणको लागि समेत प्रयास थालेको संघका सचिव चित्रबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा गुरूङ भाषा कक्षा सञ्चालनको लागि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङलाई ध्यानाकर्षण गराइएको छ । कार्यक्रममा नाचगानसमेत गरेको थियो ।

426448064_357662657085516_3218851172035852962_n.jpg

कार्यक्रममा तमू ह्युल छोंज धीं चितवनका सचिव किशोर गुरुङ, प्रदेश कमिटि सदस्य बुद्धि गुरुङ, तमू प्ये ल्हु संघ चितवनका संस्थापक एवं सल्लाहकार संयोजक भिम बहादुर गुरुङ, सल्लाहकारहरु जगत बहादुर गुरुङ, लालप्रसाद गुरुङ, तुलाराम गुरुङ, नारायण गुरुङका साथै जिल्ला महिला समिति अध्यक्ष शान्ति गुरुङ लगायतको सहभागिता रहेको थियो ।

426473162_357663477085434_7735144699252098465_n.jpg

425523009_357662793752169_2384289501588515060_n.jpg

426501210_357663737085408_5680833512434527546_n.jpg

421256458_1094583718347796_3142252921049102501_n1707321127.jpg

 

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - ०९:५२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology