Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा पत्रकार समाजको अध्यक्षमा प्रदिपराज वन्त, उपाध्यक्षमा इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङ चयन

गोरखा पत्रकार समाजको अध्यक्षमा प्रदिपराज वन्त, उपाध्यक्षमा इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङ चयन

images

इच्छाकामना न्युज

२७, माघ २०८०
गोरखा पत्रकार समाजको अध्यक्षमा प्रदिपराज वन्त, उपाध्यक्षमा इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङ चयन
images

काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङ चयन भएका छन् भने महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि।क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरु रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि गम्भिर रुपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरुको उजागर गर्नको लागि मद्धत गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बरिष्ठ पत्रकार दाहालले एकताबद्ध  भएर काम गर्न सके सस्थाले गोर्खाका पत्रकारहरुको लागि धेरै योगदान पु¥याउन सक्ने धारणा राख्नुभयो । यस्तै उहाँले अबको समय पत्रकारिताको मात्रै नभएर खोज पत्रकारिताको भएको भन्दै अध्ययनशिल बन्न पत्रकारहरुलाइ सुझाब दिनुभयो ।

अर्का बरिष्ठ पत्रकार सुसिल अर्यालले गोर्खाली पत्रकारहरुले गोरखाका ऐतिहासिक, सास्कृतीक पहिचान स्थापित हुने खालका समाचारहरु खोज्ने तथा लेख्नुपर्नेमा जोड दिनुभयो ।

गोरखाका अग्रज पत्रकारहरु बद्री पोखरेल, भरत ढकाल, बिबेक रेग्मी, अमृत दाहाल लगाएतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिबृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष  वन्तले गोरखामा रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नमा आफूले सक्दो कोशिश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कुनै पनि दल तथा बैचारिक बिचारधारमा बिभाजित नभइ गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिँदै एक भएर अघि बढ्न सबैलाइ आह्वान समेत गर्नुभयो ।

गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौं आएर बिभिन्न सञ्चार माध्यममा आबद्ध भइ पत्रकारिता गरिरहेकाहरुको सस्था हो । सस्था २०७७ सालमा दर्ता भएर क्रियाशिल रुपमा अघि बढिरहेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०८० शनिवार - २०:१४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology