Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा माङी पर्व मनाईयो

तमू प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा माङी पर्व मनाईयो

images

इच्छाकामना न्युज

२७, माघ २०८०
तमू प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा माङी पर्व मनाईयो
images

चितवन । तमू प्ये ल्हु संघ चितवनको जिल्ला महिला कार्यसमितिको अयोजनामा गुरुङ समुदायको माङी पर्व मनाईएको छ । शुक्रबार चितवनको नौरंगेमा एक कार्यक्रमको आयोजना गरी माङी पर्व मनाएको हो । 

गुरुङ समुदायको सृष्टि सृजना ९ गुरु ७ माङी (नारी) को कोखबाट जन्म भएको मानिन्छ । उनै महान ७ माङ (नारी) हरुको स्मरणमा हरेक वर्ष माघे औंसीको दिन पूजा प्राथना गरेर गुरुङ समुदायले माङी पर्व मनाउने गरेको छ । 

425550965_2695938003897724_6229944835287478455_n.jpg

सोही अनुरुप यस वर्ष पनि तमू प्ये ल्हु संघ चितवनको जिल्ला महिला कार्यसमितिको नेतृत्वमा शुभकामना आदानप्रदान तथा ७ माङ (नारी) हरुको स्मरणमा पूजा प्राथना चितवनमा माङी पर्व मनाईएको हो । 

तमू प्ये ल्हु संघ चितवनको जिल्ला महिला कार्यसमिति अध्यक्ष शान्ति गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङ, विशिष्ट अतिथिमा तमू प्ये ल्हु संघ चितवनका पूर्वअध्यक्षहरु जगत बहादुर गुरुङ र लालप्रसाद गुरुङ रहेका थिए ।

426422548_7141376065983924_856299047328416495_n.jpg

महिला समिति सचिव ज्ञानु गुरुङले संचालन गरेको कार्यक्रममा उल्लेख्य मात्रामा गुरुङ समुदायको उपस्थिति रहेको थियो । साथै कार्यक्रमको अन्त्यमा खानपान र नाचगान समेत गरिएको तमू प्ये ल्हु संघ चितवनको जिल्ला महिला कार्यसमिति सचिव ज्ञानु गुरुङले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २७, २०८० शनिवार - २१:१५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology