Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जन्मदिनमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८०
जन्मदिनमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
images

तनहुँ । युवा व्यवसायी उपेन्द्र पण्डितले तनहुँ स्थित जलदेवी सामुदायिक बिधालयका विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो जन्मदिनको मनाएका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुर्खयौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ स्थित एक विद्यालयका विद्यार्थीहरुलाइ सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

424958275_2471721093010871_252865304951332829_n.jpg

उवासंघ चितवनका कार्य समिति सदस्य समेत रहेका व्यवसायी पण्डितले भानु नगरपालिका वडा नम्बर १२ स्थित राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालय पोशाक, शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र विद्यालयलाई आवश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु आफ्ना माता पिता, श्रीमती र छोराछोरीसहित हस्तान्तरण गरेबा थिए । भने सोही अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि अध्यक्ष सुवास पण्डितलाई नगद २५ हजार रुपैया सहयोग रकम समेत हस्तान्तरण गरेका थिए ।

सो विद्यालयमा ३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ती विद्यार्थीलाई एक वर्षलाई पुग्ने शैक्षिक र सरसफाईका सामाग्रीहरु वितरण गरेको पण्डितले बताए। यससंगै विद्यार्थीलाई खाजाका लागि विस्कुट लगायतका खाद्य सामाग्री पनि प्रदान गरेका थिए। पण्डितले विद्यालयका प्रध्यानाध्यापक रिना गुरुङ्लाई ग्लोब, नक्सा लगायतका शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए ।

पण्डित हालै मात्रै उद्योग वाणिज्य संघ चितवनको सदस्यमा निर्वाचित भएका थियो । उनले भने “मैले आफ्नो जन्मदिनमा फजुल खर्च घटाएर आफ्नो पुर्खयौली थलोका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको हुँ ।” विद्यालयका प्रध्यानाध्यापक गुरुङ्ले विद्यार्थी र विद्यालयलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरेर निकै सहयोग पुगेको बताए । सक्नेले आफ्नो जन्मदिन यसरी नै मनाएमा विपन्नलाई सहयोग पुग्ने उनको भनाई छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - २३:०३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology