Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राष्ट्रिय म्रु तमू समाजको नवौं साधारण सभा सम्पन्न

राष्ट्रिय म्रु तमू समाजको नवौं साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

११, चैत्र २०८०
राष्ट्रिय म्रु तमू समाजको नवौं साधारण सभा सम्पन्न
images

गोरखा । गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक म्रु गुरुङको साझा संस्था राष्ट्रिय म्रु तमू समाज नेपालको नवौं सधारण सभा सम्पन्न भएको छ । शनिबार समाजको केन्द्रीय कार्यलय भएको स्थल गोरखा नगरपालिकाको अबुवामा एक कार्यक्रमको आयोजना गरि समाजले साधारण सभा सम्पन्न गरेको हो ।

2 copy.jpg

समाजका केन्द्रीय अध्यक्ष नारायण म्रु तमूको सभापत्विमा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर प्रमुख अतिथि रहनुभएको थियो भने गोरखा नगरपालिकाकै उपमेयर मसलीमाया थोकर, गोरखा १३ का वडाध्यक्ष मित्रा परियार, बागमती प्रदेशका निवर्तमान सांसद रिना गुरुङ, समाजका संस्थापक  एवं सल्लाहकार संयोजक मन बहादुर म्रु तमू विशिष्ट अतिथि रहनुभएको थियो ।

3 copy.jpg

संस्थाका महासचिव किरण म्रु तमूले संचालन गरेको सभामा समाजका अध्यक्ष नारायण म्रु तमूले समाजले हालसम्म प्राप्त गरेका उपलब्धीहरु बारे प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

4.jpg

यस्तै प्रगती प्रतिवेदन प्रस्तुत गर्ने क्रममा गोरखा सहित देशका ७ जिल्लामा बसोबास गर्ने करिब २६० घरधुरी म्रु तमू भाईखलकहरु संस्थामा आवद्ध भएको र सबैको सहयोगले समाजको नाममा गोरखा नगरपालिका १३ अबुवामा जग्गा खरिद गरिएको जानकारी दिदै छिट्टै समाजले आफ्नै भवन समेत निर्माण गर्ने अध्यक्ष नारायण म्रु तमूले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक गायीकाहरु चिज तमू, सुनिमा तमू र बिमला तमूले सांगेतिक प्रस्तुती समेत राखेका थिए ।

5.jpg

images
प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - २२:४०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology