पोखरा । अल नेपाल होमियोपेथिक एशोसियसन गण्डकी प्रदेशको अध्यक्षमा पुनः डा. विष्णु प्रसाद चापागाईको अध्यक्षमा निर्वाचित भएको छ । केहि दिन अघि सम्पन्न एसोसियशनको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः डा. चापागाईंलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले डा. चापागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुनः किरण गुरुङलाई निर्वाचित गरेको छ भने, अर्को उपाध्यक्षमा डा. कृष्ण पोखरेल सचिवमा के. बि. थापा र कोषाध्यक्षमा पृथ्वी गुरुङलाई निर्वाचित गरेको छ ।
यस्तै सदस्यहरुमा नेत्र नाथ रेग्मी, यम कुमारी पङ्गेनी, चन्द्रवती गुरुङ र रमा चापागाईं लाई निर्वाचित गरेको छ ।