Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

मोरङमा लायन्स क्लवले दिएको एम्बुलेन्स नै जनप्रतिनिधीले बेचिदिएपछि...

मोरङमा लायन्स क्लवले दिएको एम्बुलेन्स नै जनप्रतिनिधीले बेचिदिएपछि...

इच्छाकामना न्युज

२३, माघ २०७७
मोरङमा लायन्स क्लवले दिएको एम्बुलेन्स नै जनप्रतिनिधीले बेचिदिएपछि...
images

मोरङ, २३ माघ । अशक्त एवं असहाय बिरामीलाई सहज रुपमा अस्पताल र स्वास्थ्य संस्थासम्म जीवन बचाउनका लागि खरिद गरिएको एम्बुलेन्ससमेत विक्री गरेकामा मोरङको बेलबारी नगरपालिकाका नागरिकले गुनासो एवं आक्रोश व्यक्र गर्नुभएको छ ।

images
images

लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलोमतोमा बिक्री गरिएकामा संस्थाको समेत बेइज्जती भएको क्लबका अध्यक्ष खेमप्रसाद गौतमले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको रु तीन लाख र क्लबका अन्य सदस्यबाट रकम सङ्कलन गरी राजश्व छुटमा रु ११ लाखमा  खरिद गरिएको को१च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स विसं २०७० मा नगरपालिकाका हालका प्रवक्ता तथा वडा नं–३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर बिक्री गरिएको थियो । 

एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि  यसको खोजी नभएको र सन् २०२० मा  आफू नेतृत्वमा आएपछि खोजी गरिएको तथा पटक÷पटक पुरानो समितिलाई यसबारे जानकारी माग्दा बेवस्ता गर्नाका साथै कुनै जवाफ नपाइएको उहाँले जानकारी दिनुभयो । गरीब तथा असहायको सामाजिक कार्यका लागि खरिद गरिएको उक्त एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - २०:१२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology