Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको शेरामा धारिलो हतियार प्रहार गरि पत्नीको हत्या

तनहुँको शेरामा धारिलो हतियार प्रहार गरि पत्नीको हत्या

images

इच्छाकामना न्युज

२५, चैत्र २०८०
तनहुँको शेरामा धारिलो हतियार प्रहार गरि पत्नीको हत्या
images

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक पुरुषले आफ्नै पत्नीको हत्या गरेका छन्।

३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ वर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए।

जीतबहादुर र सुकमाया श्रीमानश्रीमती हुन्। शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए।

प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ०८:२२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology