Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शहीद कट्टेलको स्मृति दिवसमा तनहुँको शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर

शहीद कट्टेलको स्मृति दिवसमा तनहुँको शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर

images

इच्छाकामना न्युज

२८, चैत्र २०८०
शहीद कट्टेलको स्मृति दिवसमा तनहुँको शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर
images

दमौली । शहीद विष्णु जमरकट्टेल र स्वगिय तिलबहादुर शाहीको स्मृतिमा व्यास नगर नगरपालिका–६ शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शिविरमा ५०० जना लाभान्वित भएका छन् ।

 शिविरमा स्त्रीरोग विशेषज्ञ डा. विपना गुरुङ, हार्डजोर्नी, नशा नशारोग विशेषज्ञ डा. सुमन लामिछाने, बालरोग विशेषज्ञ डा.दामोदर तिवारी, दाँत रोग विशेषज्ञ डा. डा. कन्चन ढकाल, जनरल फिजिसियनहरु डा.अपिल दवाडी, डा. सम्पदा पण्डित, डा. मनोज केसीले उपचार गर्नु भएको थियो । शिविर विष्णु जमर कट्टेलको स्मृति प्रतिष्ठानको आयोजन तथा नेशनल सिटी अस्पताल चितवन र सामुदायिक स्वास्थ्य केन्द्र नेपाल सौराहा, चितवनको सहयोगमा गरिएको थियो । शिविरको नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले उद्घाटन गर्नु भएको थियो ।

dhanraj grg.jpg

सो अवसरमा गुरुङले कांग्रेस भएकै कारण मारिएको स्मरण गर्दै सम्झौता सत्ताको लागि नभई शान्तिको लागि कांग्रेसले गरेको बताउनुभयो । साथै उहाँले सहिद विष्णु जमरकट्टेल जस्तै अरु पनि शहिद बन्न नपरोस् भनेर सम्झौता गरिएको बताउनुभयो । साथै गुरुङले  देश भ्रष्ट्राचार बढेर पछि परेकोले २०४६ साल पछि सार्वजानिक पदमा बसेका नेता, जनप्रतिनिधी तथा कर्मचारीको सम्पत्ति छानबिन हुनु पर्ने बताउनुभयो ।

कांग्रेस पार्टीले जहिले पनि भ्रष्ट्राचारको बिरुद्ध रहेकोले सबै राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ, भनेर प्रस्ताप गरेको स्मरण गर्दै उपसभापति गुरुङले भन्नुभयो, भ्रष्ट्राचारको अन्त्य गर्न सकेमात्रै देश माथि उठ्न सक्छ । राजनीतिलाई शुद्धिकरणमा लैजानु पर्ने उहाँको भनाई थियो । वडाध्यक्ष भए देखिको त्यो भन्दा माथि सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो । गुरुङले भन्ुनभयो, सार्वजानिक पद धारणा गर्ने राजनीतिक दलका नेता तथा कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नु पर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले शहिद जमरकट्टेलले देखेको सपना पुरा गर्नु दायित्व रहेको स्मरण गर्दै प्रतिष्ठानको कामलाई मद्धत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शान्ताराम घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ सभापति चुडामणी दाहाल,  शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित, नेपाली कांग्रेस मध्यनेपालका उपसभापति नवराज पराजुली, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगरपालिका प्रवक्ता जीवन गुरुङ,  परिवारको तर्फबाट राजेन्द्र जमरकट्टेल लगायतले यस्ता कार्यक्रमले शहीद विष्णु जमरकट्टेलको विकासको लागि पु¥याएको योगदानको भावी पुस्तालाई जानकारी दिन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

images
प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - २२:१७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology