गोरखा । ड्यू र फ्रुटीको प्रलोभनमा पाँच बर्षकी बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुषलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्द आदेश दिएको छ ।
भारतको मोतिहारी जिल्ला बिहार गोविनगंज घर भई चितवनको खैरहनी नगरपालिका ६ पर्सा पुलटोलमा डेरा गरी बस्ने करण शाह तेलीलाई गोरखा जिल्ला अदालतले बिहिबारको थुनछेक आदेशमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गत वैशाख १ गते साँझ ६ बजे पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले वैशाख २ गते पक्राउ गरी तीन गते अदालतमा मुद्दा पेश गरेको थियो ।