Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर, १२ जना घाइते

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर, १२ जना घाइते

images
गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर, १२ जना घाइते
images

गुल्मी । बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास खडमा दुर्घटनामा परेको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए। 

‘दुर्घटनामा बसका सहचालक जुम्ला घर भएका ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ,’ एसपी भुजेलले भने, ‘चालकसहित १२ जना घाइते छन्। त्यसमध्ये स्याङजा घर भएका चालक २८ वर्षीय मनोज बस्यालको अवस्था गम्भीर छ। पाँच जना घाइते आज (शुक्रबार) बिहान डिस्चार्ज भएका छन्। अरुकाे उपचार चलिरहेकाे छ।’ 

बसमा चालक र सहचालकसहित १३ जनामात्रै सवार थिए। घाइते सबैको पाल्पामै उपचार भइरहेको एसपी भुजेलले बताए। 

बस सडकबाट झण्डै ६० मिटर तल खसेको छ। बस दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

images
प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - ०७:३८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology