Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्ये ल्हु संघ चितवनद्वारा नवजागृति सामुदायीक वनका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन

प्ये ल्हु संघ चितवनद्वारा नवजागृति सामुदायीक वनका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन

images
प्ये ल्हु संघ चितवनद्वारा नवजागृति सामुदायीक वनका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन
images

चितवन । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित धार्मिक संस्था तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनलले नवजागृति सामुदायीक वन उपभोक्ता समूह भरतपुर–११ को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । संघले शनिबार वन समूहको कार्यालयमै पुगेर एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको हो ।

संघले गुरुङ समुदायको संस्कार अनुसार नवजागृति सामुदायीक वन उपभोक्ता समूह नवनिर्वाचित अध्यक्ष नारायण बहादुर केसीलाई संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरुङ, केन्द्रीय सल्लाहकार एवं चितवनका पूर्व अध्यक्ष जगत बहादुर गुरुङले फेटा लगाएर सम्मानका साथ बधाई ज्ञापन गरिएको थियो । 

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न बधाई ज्ञापन कार्यक्रममा संस्थाका सदस्यहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

images
प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - १०:३२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology