Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम

बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम

इच्छाकामना न्युज

२६, जेठ २०८१
बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम
images

बन्दीपुर ।  तनहुँको बन्दीपुर गाउँपालिका वडा न १ बानियाटारमा चप्पल बनाउने तालिम प्रदान गरिएको छ
सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत वित्तीय साक्षरता कक्षामा सहभागीहरूलाई १ हप्ते चप्पल बनाउने तालिम बिहीबारदेखि सुरु भएको छ।
 
वैदेशिक रोजगारीमा रहेका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरताको २१ हप्ते कक्षा सम्पन्न गरी सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको वित्तीय साक्षरता सहजकर्ता मन्सरी गुरुङले बताइन्। ‌

तालिम सम्पन्न पश्चात् समूहले आफ्नै डिजाइन र ब्रान्डमा सबै मानिसले लगाउन मिल्ने हवाई चप्पल उत्पादन गर्न सक्षम भएको बानियाटा टोल विकास समूहका अध्यक्ष शिव खत्रीले बताए ।

बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।

स्वदेशमै आत्मनिर्भर बन्न सक्ने तथा  विदेश जान चाहनेहरूको लागि पनि यस्ता सिपले महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए ।

सीप सँगै चप्पल बनाउने प्रविधि हस्तान्तरण गर्ने र बजार व्यवस्थापनमा पालिकाले सघाउने पालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए

सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको भएपनि रिटर्नी स्वयंसेवक मार्फत आआफ्नो क्षेत्रमा वैदेशिक रोजगारमा जान चाहने युवा र फर्किएका युवाहरूलाई सूचना न्याय सीप र अन्य विषयवस्तुमा यस परियोजनाले सचेतना कार्यक्रम मार्फत काम गर्दै आइरहेको छ।

images
images

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - १०:२५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology