Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँका पत्रकार अमरराज नहर्की सम्मानित

तनहुँका पत्रकार अमरराज नहर्की सम्मानित

images

इच्छाकामना न्युज

१०, आषाढ २०८१
तनहुँका पत्रकार अमरराज नहर्की सम्मानित
images

तनहुँ । तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा शनिबार सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट नेपाली, कला साहित्यको  विविध गतिविधी समुदाय समक्ष समाचार प्रस्तुत गरी नेपाली कला, साहित्य, गीत सङ्गीतको संरक्षण सम्बद्धमा योगदान पु¥याएको भनि जय प्राप्ति म्युजिक अवार्ड–२०८० मा मोफसल पत्रकारितका सम्मानबाट पत्रकार नहर्की सम्मानित भएका हुन् । दोस्रो म्यूजिक अवार्ड वितरण कार्यक्रमको अवसरमा पत्रकारिता क्षेत्रबाट नहर्कीलाई सम्मान गरिएको  थियो ।

चलचित्र विकास वोर्ड, चाबहिलमा नेपाल सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्मानपत्र प्रदान गरे ।  मोफलसमा बसेर पत्रकारिताको माध्यबाट नेपाली भाषा, साहित्य, कला, सङ्गित क्षेत्रको उत्कृष्ट लेखन गरे वापत पत्रकार नहर्कीलाई सम्मान गरिएको अवार्डका संयोजक तथा लोकप्रिय गायक जयराज भट्टले जानकारी दिए । अवार्ड कार्यक्रममा विभिन्न विद्यामा गीत सङ्गीतका स्रष्टा र सर्जकलाई सम्मान गरिएको थियो । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु, हास्य कलाकार, अग्रज देखि नवोदित सम्मका कलाकारहरुको सहित वजेड साङ्गेतिक प्रस्तुति गरिएको थियो ।

पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाइसकेका छन् । उनले  नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार– २०७२, शिक्षा लेखनवृत्ति पुरस्कार–२०७० लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सकेका छन् । नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुन् ।  नहर्की दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल छन् ।

 

images
प्रकाशित मिति :आषाढ १०, २०८१ आइतवार - १६:३०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology