Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखामा १३ वर्षिय बालकद्वारा ४ वर्षीया बालिका बलात्कृत

गोरखामा १३ वर्षिय बालकद्वारा ४ वर्षीया बालिका बलात्कृत

इच्छाकामना न्युज

२६, माघ २०७७
गोरखामा १३ वर्षिय बालकद्वारा ४ वर्षीया बालिका बलात्कृत

गोरखा, २६ माघ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षिय बालकलाई पक्राउ गरेको छ ।
विद्यालय छुट्टी भएर घर जाने बेला बालकले बालिकालाई शौचालयमा जवरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

images

गत माघ २१ उक्त घटना भएको हो । २२ गते बालिकाको आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।
‘बालिकाको आमाले फोन गरेपछि हामीलाई घटना बारे थाहा भयो’ विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको थाहा पाएको पिडित बालिकाको आमाले प्रहरी समक्ष बताएकी छिन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले समान्य रहेको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीले ति बालकलाई पक्राउ गरी जरजस्ती करणी अभियोगमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १०:१८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology