Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दमौली–पोखरा सडक अन्तर्गत शेरा खण्ड १२ घण्टामा खुल्यो, मनहरिमा गाडी फसेर अझै अवरुद्ध

दमौली–पोखरा सडक अन्तर्गत शेरा खण्ड १२ घण्टामा खुल्यो, मनहरिमा गाडी फसेर अझै अवरुद्ध

images

इच्छाकामना न्युज

२४, आषाढ २०८१
दमौली–पोखरा सडक अन्तर्गत शेरा खण्ड १२ घण्टामा खुल्यो, मनहरिमा गाडी फसेर अझै अवरुद्ध
images

दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आइतबार बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।

खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारी साधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

यस्तै म्याग्दे गाउँपालिका–४ मनहरिमा हिलाम्य भएको सडकमा सवारी साधन फस्दा सवारी चाप बढ्ने गरेको छ । वर्षाका कारण सडक हिलाम्य हुँदा सवारी साधन फस्ने समस्याले सवारी चाप बढेको हो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत उक्त ठाउँमा सडक कालोपत्रमा ढिलाइ हुँदा वर्षाका बेला यो खण्डमा सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ । खबरपुञ्जबाट

images
प्रकाशित मिति :आषाढ २४, २०८१ आइतवार - ०९:४२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology