तनहुँ । असारको मध्य सकेर वर्षातको भेल सुरु भएसँगै नेपाली गीतसंगीत क्षेत्रमा हिन्दु महिलाहरुको महान चाड तीजलाई लक्षित गर्दै नयाँ तीजगीत आउने क्रमको बाढि लागेको छ । सोही अनुरुप तनहुँ भानुकी चेली लोक तथा दोहोरी गायीका कल्पना गुरुङले पनि ‘जन्मघरको झल्को’ शीर्षकमा नयाँ तीजगीत बजारमा ल्याएको छ ।
गायीका गुरुङले लोकदोहोरी गायक सागर गुरुङको अफिसियल युट्युब च्यानल ‘सागर गुरुङ’ मार्फत तीजगीत बजारमा ल्याएको हो । गीतमा गायीका कल्पना गुरुङ आफैले स्वर भरेकी छिन् भने गीतमा शब्द, संगीत, मिक्सिङ लगायत सबै काम गौरव गिरीले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा अस्मिता रनपाल र उषा गुरुङले लिड रोलमा नृत्य गरेका छन् भने भिडियोको निर्देशन र कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् ।
गायीका गुरुङले ५ वर्षपछि यो वर्ष बल्ल नयाँ तीजगीत बजारमा ल्याएकी हुन् ।