Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिमलताल दुर्घटनाको १६ औं दिन आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

सिमलताल दुर्घटनाको १६ औं दिन आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

images

इच्छाकामना न्युज

१२, श्रावण २०८१
सिमलताल दुर्घटनाको १६ औं दिन आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने
images

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ भने कम्तिमा ३८ जना बेपत्ता छन् । २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्रै सनाखत भएको छ ।

भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ), नेपालको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा बेपत्ता बसको खोजी गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।

बेपत्ता बसको खोजी गर्न एनडिआरएफको टोली आएको पनि एक हप्ता भइसकेको छ । बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसलाई पहिरोले सोहोरेर त्रिशूलीमा खसेको थियो । तीन जनाले पौडिएर ज्यान जोगाए भने ६२ जना नदीमा डुबे ।

images
प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - ०९:३४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology