चितवन। सिमलतालको पहिरोमा परि त्रिशूली नदीमा बेपत्ता बस केराबारीमा भेटिएको भन्ने कुरा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हल्ला भएपछि त्यो कुरा सत्य नभएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएको छ । बस अहिले सम्म भेटिएको छैन उनले भने – ‘यो विषयमा हामीलाई आधिकारीक जानकारी प्राप्त भएको छैन ।’
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार प्रशासनको टोली फिल्डमै रहेको र सबैसँग सम्पर्कमै रहेको बताए। यता चितवनका प्रहरी प्रमुख भावेश रिमालले पनि बस भेटिएकोबारे खोजीकार्यमा खटिएका एक्सपर्ट टिमले पुष्टि नगरेको स्पष्ट पारेको छ ।
केराबारी क्षेत्रमा रातोरंगको केही बस्तु त्रिशूलीमा तैरिएको देखेर सिमलतालबाट बगाएको बस हुन सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै एक्सपट टिम केराबारी क्षेत्र पुगेर फर्कीएको समेत उनले जानकारी दिए । अहिलेलाई बस भेटिएको खबर पुष्टि नभएकाले हल्ला मात्रै भएको अधिकारीहरु बताउँछन् ।