Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिमलताल दुर्घटना : त्रिशूलीमा हराएका बसको खोजी रोक्ने तयारी, भारतीय टोली फिर्ता हुने

सिमलताल दुर्घटना : त्रिशूलीमा हराएका बसको खोजी रोक्ने तयारी, भारतीय टोली फिर्ता हुने

images

इच्छाकामना न्युज

१३, श्रावण २०८१
सिमलताल दुर्घटना : त्रिशूलीमा हराएका बसको खोजी रोक्ने तयारी, भारतीय टोली फिर्ता हुने
images

काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन पुगेको छ । बसको खोजीमा दैनिक सयौँ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

लगातार १६ दिनदेखि सुरक्षाकर्मीहरू खोजी कार्य गर्दै आएका भए पनि पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेकाले उनीहरू आजित बनिसकेका छन् ।

यहाँका उद्धार टोलीलाई सहायता गर्न भन्दै नौ दिनदेखि खटिएको भारतीय उद्धार टोली पनि उपलब्धी नभएको भन्दै आज फर्किने निश्चित भएको छ । भारतीय टोली आज फर्किने तयारीमा छ ।

चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार आजसम्म सक्दो प्रयास गरिए पनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिइसकेको भएकोले टोली फर्किन लागेको हो । बिहान भारतीय उद्धार टोलीसँग चितवनका प्रमुख जिल्ला अधिकारी, उद्धारमा संलग्न सुरक्षाकर्मीको टोलीसहित समीक्षा तथा धन्यवाद बैठक गरिनेछ । त्यसपछि १२ जनाको उद्धार टोलीलाई बिदाइ गरिनेछ ।

असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएउँदा दुई बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।

images
प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - ०८:१४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology