Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मोरङमा मदिरामा नशालु पदार्थ खुवाएर १७ वर्षीया युवतीलाई रातभर बलात्कार

मोरङमा मदिरामा नशालु पदार्थ खुवाएर १७ वर्षीया युवतीलाई रातभर बलात्कार

पत्रपत्रिका

२७, माघ २०७७
मोरङमा मदिरामा नशालु पदार्थ खुवाएर १७ वर्षीया युवतीलाई रातभर बलात्कार

मोरङ, २७ माघ । मोरङमा एक युवतीलाई मदिरामा नसालु पदार्थ खुवाएर रातभर बलात्कार गरेको पाईएको छ। बलात्कारका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

images

उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने ।

घटना बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ । याे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०८:२७:३५ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology