Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतको हिमाचलमा गाँजा खेतीलाई वैधानिकता दिने तयारी

भारतको हिमाचलमा गाँजा खेतीलाई वैधानिकता दिने तयारी

images

एजेन्सी

२०, भाद्र २०८१
भारतको हिमाचलमा गाँजा खेतीलाई वैधानिकता दिने तयारी
images

भारतको हिमाचल प्रदेशको राजनीति माहोल तातेको छ । प्रदेश सरकारले गाँजा खेतीलाई वैधानिकता दिने योजना बनाएपछि राजनीति माहोल तातेको हो । यसलाई औषधीजन्य प्रयोगका लागि वैधानिकीकरण गर्न सकिने राज्य सरकारको दाबी छ । यसका लागि सरकारले विधेयक तयार पारेको छ । २०२३ अप्रिल २६ मा राजस्वमन्त्रीको अध्यक्षतामा समिति गठन भएको थियो । राज्य सरकारका मन्त्री विक्रमादित्य सिंहले यस सम्बन्धमा छिट्टै विधेयक पेश गर्ने घोषणा गरेका छन् । यसले अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

हिमाचल सरकारले गठित समितिले कांगडा, चम्बा, मण्डी, कुल्लु, सोलन र सिरमौर जिल्लाको भ्रमण गरेको थियो ।  धेरै राज्यहरूसँग सम्पर्क पनि गरेको थियो। यसको खेतीबाट राज्यलाई आम्दानी हुने समितिले जनाएको छ । राज्यको अन्तःशुल्क नीति लाभदायी हुने पनि मन्त्रीले दाबी गरेका छन् ।

हिमाचल प्रदेश पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । राज्यमन्त्री विक्रमादित्य सिंहले सरकारले कानुनी रूपमा खेती गर्न आदेश दिएमा राज्यको अर्थतन्त्रमा गेम चेन्जर साबित हुने दाबी गरेका छन् । उनले गम्भीर भएर सोच्नुपर्ने बताए । 

पछिल्लो ४० वर्षदेखि भारतमा गाँजाको खेती अवैध मानिन्छ। तर, हिमाचललगायत धेरै राज्यमा मानिसले अवैध रूपमा यसको खेती गर्दै आएका छन् । हिमाचलको जयराम ठाकुरको सरकारले पनि २०१८ मा यसलाई वैधानिक बनाउने घोषणा गरेको थियो। यसबाट राज्यले करिब ५ सय करोड रुपैयाँ आम्दानी गरेको सरकारको दाबी छ । सन १९८५ भारतमा भांग खेती अपराध घोषित गरियो।

गाँजालाई मादक पदार्थको रूपमा हेरिन्छ। यद्यपि, भांगले आयुर्वेदिक औषधिमा महत्त्वपूर्ण भूमिका खेल्छ र वाकवाकी, बान्ता र शारीरिक दुखाइलगायत विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ भन्ने विश्वास गरिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। यति मात्र होइन यसले कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्छ। यो गठिया र छाला सम्बन्धित रोगहरु लाई राहत प्रदान गर्न को लागी प्रभावकारी हुन सक्छ।

images
प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - ११:२३:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology