Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको कलेस्तीमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

तनहुँको कलेस्तीमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

images

इच्छाकामना न्युज

२७, भाद्र २०८१
तनहुँको कलेस्तीमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
images

अमरराज नहर्की, तनहुँ । बलेरो जिपको ठक्करबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । व्यास मार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा ठक्कर दिँदा सोही ठाउँकी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको दुई पिप्लेबाट दमौली आउँदै गरेको ग ३ च १२१९ नम्बरको बलेरो जीपले बुधवार साँझ ७ः३० बजे ठक्कर दिँदा बालिका घाइते हुनु भएकी र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । जिप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते बालिकाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारको क्रममा बुधवार राती मृत्यु भएको प्रनाउ रायले बताउनुभयो । 

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - ०८:४५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology