Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

ओली पक्षिय प्रेस संगठन चितवनको संयोजकमा पण्डित र सह–संयोजकमा आचार्य चयन

ओली पक्षिय प्रेस संगठन चितवनको संयोजकमा पण्डित र सह–संयोजकमा आचार्य चयन

images

इच्छाकामना न्युज

२८, माघ २०७७
ओली पक्षिय प्रेस संगठन चितवनको संयोजकमा पण्डित र सह–संयोजकमा आचार्य चयन
images

चितवन, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले प्रदेशभित्रका १० जिल्लाका संयोजक र सह–संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सो बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुवास पण्डित र सह–संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको संयोजकमा भुवन रायमाझी र सह–संयोजकमा राम सुन्दर आचार्यलाई जिम्मेवारी दिइएको छ । सिन्धुपाल्चोकको संयोजकमा विदुर आचार्य र सह–संयोजकमा नानीराम नेपाललाई जिम्मेवारी प्रदान गरेको छ । दोलखाको संयोजकमा प्रभु जिरेल, सह–संयोजकमा ताराबहादुर महत चयन भएका छन् भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह–संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ ।

सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह–संयोजकमा विनय दाहाल (वाईबी) त्यस्तै मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह–संयोजकमा पुष्पराज अधिकारी तथा रसुवाको संयोजकमा बलराम घिमिरे र सह–संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिइएको छ । सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह–संयोजकमा राजन सिलवाल तथा नुवाकोटको संयोजकमा नवदीप अजनवी र सह–संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिइएको छ ।

काठमाडौँमा सम्पन्न प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेशभित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पूर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ । सो बैठकले आगामी फागुनको दोस्रो हप्ताभित्र प्रेस संगठन नेपालको वाग्मती प्रदेश स्तरीय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निःशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पूर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०८:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology