Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मर्मतको करिब २ महिनापछि भोलिदेखि मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै

मर्मतको करिब २ महिनापछि भोलिदेखि मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै

images

इच्छाकामना न्युज

३१, भाद्र २०८१
मर्मतको करिब २ महिनापछि भोलिदेखि मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै
images

गोरखा । गोरखाको मनकामना केबुलकार भोलि (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ। असार ३१ गतेदेखि बन्द रहेको केबुलकार मर्मत संभार र स्तरोन्नतीपछि भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

डिजिटल प्रणाली स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्ने काम सकिएकाले केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको थियो।

images
प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १३:४४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology