Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकीका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन 

गण्डकीका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन 

images

इच्छाकामना न्युज

२, आश्विन २०८१
गण्डकीका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन 
images

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । 

करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर र चौडाइ एक मिटर छन् । 

पुलको उद्घाटन गर्दै मन्त्री केसीले पर्यटकीय र कृषिलाई आधारित मानेको चौर अम्बोट झोलुङ्गे पुल उद्घाटन गर्न पाउँदा निकै हर्षित भएको बताए । उनले सम्झौताअघि नै निर्माण सम्पन्न गर्ने निकाय लगाएत सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यले निरन्तरता पाउने प्रतिवद्दता व्यक्त गरे । 

योजनाहरुको काम तीव्र गतिमा अगाडि बढाउन मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिएको मन्त्री केसीले सुनाए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका मातहतमा रहेका सम्पूर्ण कार्यालयलाई सम्पूर्ण योजनाको काम तीव्र गतिमा गुणस्तर कायम गर्दै सुचारु गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘आफ्नो क्षेत्रमा परेका योजनाहरू समयमा नै तोकिएको गुणस्तरमा सम्पन्न गर्नको लागि खबरदारी गर्नुहोला ।’

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ,  पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई सोभियत खड्का, कार्यवाहक वडाध्यक्ष धनाकुमारी तिमल्सिना पोखरेल तथा वडासदस्य, क्लब, आमा समूह लगाएत सहभागी थिए ।

images
प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - २२:३४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology