Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

असोज २२ देखि चौथो आजिरकोट भलिवल हुँदै  

असोज २२ देखि चौथो आजिरकोट भलिवल हुँदै  

images

इच्छाकामना न्युज

१६, आश्विन २०८१
असोज २२ देखि चौथो आजिरकोट भलिवल हुँदै  
images

गोरखा । गोरखाको आजिरकोट गाउँपालिका ४ गोगन पानीमा असोज २२ गतेदेखि चौथो आजिरकोट भलिवल कप हुने भएको छ । स्थानीय गोगन पानी युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

क्लबको मैदानमा २४ गतेसम्म चल्ने प्रतियोगितामा गोरखा, तनहुँ, लम्जुङ र कास्कीका १२ टोली सहभागी हुनेछन् । सहभागीताका लागि असोज २१ गतेसम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष धनराज गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित ४० हजार रुपैयाँ तथा उपविजेताले २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृट खेलाडीले तीन हजार ५०० रुपैयाँ प्रात्त गर्नेछन् ।    

क्लबले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका वरिष्ट सल्लाहकार मोहन गुरुङले जानकारी दिए । प्रतियोगिताको विशेष सहयोगीमा आजिरकोट गाउँपालिकाको कार्यालय रहेको छ । 

images
प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - ०८:१३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology